• २०८१ बैशाख १५ शनिबार

रास्वपाबाट अलग भए रमेश खरेल

kharibot

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफुले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ । 

२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै