• २०८१ बैशाख १५ शनिबार

जसपाका कार्की राज्यमन्त्री नियुक्त

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका दिपक कार्की राज्यमन्त्री नियुक्त भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई आज वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कार्कीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाएका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै