• २०८१ बैशाख १५ शनिबार

दयाहाङ र आचलको फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर डिग्री पास गरेका दयाहाङ राईलाई स्थानीय कलेजमा शिक्षक बनाउन गरिएको प्रयासलाई रोचक ढंगले देखाइएको छ ।

ट्रेलर हेर्दा फिल्मको कथावस्तु गाउँमा केन्द्रित रहेको बुझ्न सकिन्छ । यो फिल्म २०८१ को नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन हुनेछ ।

फिल्ममा प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईं लगायतको पनि अभिनय छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिराज र सुष्मा गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सिमोन कृष छन् । फिल्मलाई शिवराम श्रेष्ठ र रिले एच. शेनले छायांकन गरेका हुन् ।

नाटकमा आधारित भएर बनेको फिल्म हो, ‘डिग्री माइला’ । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । अत्यन्त सफल मानिएको यो नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए भने सायद अशोकको लेखन थियो । नाटकले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशालाई उठाएको थियो । फिल्मको कथा पनि यसैमा आधारित रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै