• २०८१ बैशाख १६ आइतबार

माओवादी र नेसपाबीच एकता, बाबुराम फेरी एक्लिए

kharibot

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ । पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेसँगै नेसपा फुटेको हो ।

यादवले सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहित माओवादीसँग एकता गर्ने गरि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने, एकीकरण पछि पार्टीको नाम महाधिवेशन पछि टुंगो लगाउने र पार्टी एकताको प्रक्रिया टुंगाउन माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेको कार्यदल समेत बनाएका छन् ।

योसँगै डा. बाबुराम भट्टराई फेरी एक पटक एक्लिएका छन् । उनलाई छोडेर नेपाल समाजवादी पार्टीको ठुलो समुह माओवादीमा मिलेको छ । गत निर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको थियो । प्रचण्डसँग पछिल्लो समय असमझदारी बढेपछि डा. बाबुराम भट्टराईले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका पार्टीका सांसदलाई आफ्नो पार्टीका कायम गर्न निवेदन दिएपनि आयोगले अस्वीकार गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै