• २०८१ बैशाख १५ शनिबार

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

kharibot

महेन्द्रनगर (धनुषा)। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै