• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार भएको विश्वासको मतमाथिको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । त्यस्तै मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३७ सांसदको मत आवश्यक थियो । 

प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस २६ र २०७९ चैत्र ६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुस २६ मा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । भने दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिने क्रममा १७२ मत पाएका थिए भने विपक्षमा ८९ मत खसेको थियो ।

प्रचण्ड २०७९ पुस १० मा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

शुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेको भए पनि उनले गठबन्धन तोडेर कांग्रेससहित दस दलीय गठबन्धन बनाएका थिए भने अहिले फेरी एमालेसहितको गठबन्धन बनाएर तेस्रो पटक विश्वासको मत लिएका हुन् । अघिल्लो गठबन्धनमा रहेको नेपाली कांग्रेसले सरकारप्रतिको समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै