• २०८१ बैशाख १५ शनिबार

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने सहमति !

kharibot

काठमाडौँ । नयाँ गठबन्धनका तीन शिर्ष नेताहरुबीच पुष्पकमल दाहाल 'प्रचण्ड' पछि अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बुधबार बिहान बसेको संसदीय दलको बैठकपछि कुरागर्दै प्रचण्डपछि अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका हुन् ।

उनले प्रचण्ड, नेपाल र एमालेका अध्यक्ष केपी शर्मा ओली १५-१५ महिना प्रधानमन्त्री बन्ने गठबन्धनभित्र सहमति भएको बताएका छन् । 

साथै यो सहमति कार्यान्यवन नभएमा फरक तरिकाले छलफल गर्ने भन्ने समेत निर्णय भएको उनको दाबी छ । सो सहमतिपछि एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको उनले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै