• २०८१ बैशाख १५ शनिबार

न्यूक्यासलमाथि चेल्सी विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्यूक्यासल युनाइटेडमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले न्यूक्यासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा नोकोलस ज्याक्सन, कोल पाल्मर र मिखैलो मुड्रिकले एक एक गोल गरेका थिए । त्यसैगरी न्यूक्यासलका लागि अलेक्जेन्डर इसक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २७ खेलमा ३९ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासलको भने २८ खेलमा ४० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै