• २०८१ बैशाख २८ शुक्रबार

एक्स्ट्राटेक लिजेन्ड कप फाइनल: २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई दियो १०२ रनको लक्ष्य

kharibot

काठमाडौँ । २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को फाइनलमा रेस्ट अफ नेपाल टिमलाई १०२ रनको लक्ष्य दिएको छ ।

फाइनल खेलमा पहिला ब्याटिंग गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको हो ।

२०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिंग गर्दै १२ बलमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै विरेन्द्र शाहले २९, प्रफुल्ल वैद्यले १३ रन बनाएका थिए । 

त्यस्तै रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए भने राजकुमार प्रधान र दिपेन्द्र चौधरीले एक एक विकेट लिएका थिए ।

यस अघि आजै सम्पन्न खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेण्डसलाई १६ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाइ ५ विकेटले पराजित गरेर फाइनलमा पुगेको थियो ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै