• २०८१ बैशाख १५ शनिबार

रेइम्ससँग बराबरीमा रोकियो पिएसजी

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी रेइम्ससँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा पिएसजी रेइम्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा पिएसजीका लागि गोन्कालो रामोसले एक गोल गरेका थिए भने एक गोल रेइम्सका युनिस अबडेलहामिदले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी रेइम्सका लागि मार्शल मुनेटसी र ओमार डियाकाइटले एक एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीले किलीयन एम्बाप्पेलाई सब्सटिच्युटको रुपमा खेलको ७३औं मिनेटमा मैदानमा उतारेको थियो । प्रशिक्षक लुइस इनरिकले एम्बाप्पेले यस सिजनपछि पिएसजी छोड्ने निश्चित भएकाले टिमले उनी बिना खेल्न सिक्नुपर्ने बताउदै एम्बाप्पेलाई पछिल्ला खेलहरुमा बेन्चमा राख्ने गरेका छन् ।     

यो बराबरीपछि पिएसजीको २५ खेलमा ५६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रेइम्सको२५ खेलमा ३५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै