• २०८१ बैशाख १५ शनिबार

एभर्टनमाथि म्यानचेस्टर युनाइटेड विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा मार्कश राशफोर्ड र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका हुन् । दुवैले पेनाल्टी मार्फत गोल गरेका थिए । फर्नानडेजले खेलको १२औं र  राशफोर्डले खेलको ३६औँ मिनेटमा गोल गरेका थिए ।

यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको १५औं जित हो । यो जितपछि म्यानचेस्टर युनाइटेड २८ खेलमा ४७ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टन भने २८ खेलमा २५ अंकसहित लिगको १६औं स्थानमा रहेको छ ।
              

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै