• २०८१ बैशाख १५ शनिबार

कांग्रेसका मन्त्रीहरुसँग देउवाको छलफल

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा गएका नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् ।

बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभामा निर्वाचित कृष्ण प्रसाद सिटौलासमेत उपस्थित थिए ।

छलफलमा देउवाले माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष दाबि गरेको लगायत मन्त्रीहरुको काम कारबाही बारे छलफल गरेका थिए । 

सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा दाबि गरिरहेको बारे ब्रिफिङ गरेका थिए । फेरी छलफल गर्ने गरि बैठक टुंगिएको एक मन्त्रीले जानकारी दिए । 

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले स्पष्ट कारण नखुलाएर मन्त्रीको फिनल्याण्ड भ्रमण स्थगित भएको जानकारी दिएको छ । तर मन्त्री साउदको भ्रमण स्थगितलाई मन्त्रीको हेरफेर वा गठबन्धनमा आएको सम्भावित संकटलाई जोडेर हेरिएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै