• २०८१ बैशाख १५ शनिबार

टियुमा नेदरल्याण्डसको कीर्तिमानी ब्याटिंग, नामिबियालाई २४८ रनको लक्ष्य

kharibot

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए ।

नेदरल्याण्डसले टियु क्रिकेट मैदानमा टी-२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफुविरुद्ध बनाएको २३८ रनको किर्तिमान तोडेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै