• २०८१ बैशाख २० बिहीबार

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ७ र एएफपी विजयी

kharibot

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ र सशस्त्र प्रहरी बल विजयी भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई २ विकेटले पराजित गर्योन भने एपीएफले प्रदेश एकलाई  ९ विकेटले पराजित गर्यो । 

प्रदेश ३ ले दिएको ११७ रनको लक्ष्य पछ्याएको प्रदेश ७ ले ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । टस जितेर ब्याटिङ गरेको प्रदेश तीन ३३.३ ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् । 

प्रदेश ३ लाई सस्तैमा समेट्नका लागि शेर मल्लले ४ विकेट लिए । बलरहरु चम्किएको खेलमा विकास आग्रीले ३ विकेट लिए भने विनोद लामाले १० ओभरमा पाँच मेडन राख्दै १ विकेट लिएका थिए ।

प्रदेश ७ का लागि सन्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडे । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ बिकेट लिए । किशोर महतो, प्रतिश जीसी र सन्जय बस्नेतले एक–एक विकेट लिए ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफ ९ विकेटले विजयी भयो । एपीएफको जितपछि प्रदेश एकको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेलबाट प्रदेश एक दुई अंक जोड्दै पुछारमा छ । चार अंक बनाएको एपीएफले भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले ४७ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । 

प्रदेश  एकका लागि सन्दीप ढुंगानाले २९, मनिष थापाले २७,  कप्तान पुष्प थापाले २०, सन्नी पुनले ११ र विवेक मेहताले १० रनको योगदान दिएका थिए ।

एपीएफका बलरहरु, अमर रौटेला, करण केसी,  भुवन कार्की र बसन्त रेग्मी सबैले २–२ विकेट लिए । यसैगरी कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए । १२८ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्योर । एपीएफलाई जिताउन प्रदीप ऐरीले २३ रन, अनिल कुमार शाहले ६२ रन र पृथु बास्कोटाले ३२ रन बनाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै