• २०८१ बैशाख १७ सोमबार

भारतीय गजल गायक पंकज उधासको निधन

kharibot

काठमाडौँ । भारतका चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । गायक विगत केही दिनदेखि बिरामी थिए । यो जानकारी उनकी छोरी नायबलेसामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

पंकज उधासले चर्चित गजल 'चिठी आयी' बाट पहिचान पाएका थिए ।

पंकज उधासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए ।

पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै