काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने छ ।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने तालिका रहेको छ ।
त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको विद्यान सम्बन्धि विधेयक २०८० सन्देश सहित टेबुल गर्ने तालिका समेत रहेको छ ।