• २०८१ बैशाख २० बिहीबार

इङल्याण्डविरुद्धको चौथो टेस्टमा भारतलाई १९२ रनको लक्ष्य

kharibot

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको चौथो टेस्टमा जितका लागि १९२ रनको लक्ष्य पाएको छ ।

टेस्टको दोस्रो इनिंगमा इङल्याण्ड १४५ रनमा अल आउट भएसँगै भारतले १९२ रनको लक्ष्य पाएको हो ।

इङल्याण्डलाई १४५ रनमा अल आउट गर्ने क्रममा भारतका आर आश्विनले ५ विकेट लिएका थिए भने कुलदिप यादवले ४ विकेट लिएका थिए । 

इङल्याण्डले पहिलो इनिंगमा पाएको ४६ रनको अग्रताका आधारमा १९१ रनको बढ्त बनाएको थियो ।

यसअघि पहिलो इनिंगमा इङल्याण्डले ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै