• २०८१ असोज ४ शुक्रबार

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

kharibot

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।

लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो ।

नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एकदिवसीय खेल भएका छन् । जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै