• २०८१ बैशाख १५ शनिबार

हुम्लामा खाद्यन्न पर्याप्त

kharibot

सिमकोट (हुम्ला)।  सधैँ खाद्यन्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने खाद्यान्न पर्याप्तमा मात्रमा रहेको छ ।

कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेल्दै आउनुपरेको थियो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यन्नको अभाव हटेको हो । 

दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उनको भनाइ थियो ।

अहिले यस शाखामा छ हजार दुई सय क्विन्टल चामल रहेको र  गोदाम नं दुई भरिएर झण्डै चार हजार चार सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिए। 

खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमासमेत सहज भइरहेको छ । 

खाद्यान्न पर्याप्त मात्रमा रहेकाले यही फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने हिसावले दाद्यान्न बिक्री वितरण गरिने भएको छ ।

भैपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उनले बताए । 

गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल एक बोराको रु दुई हजार तीन सय ७५ पर्ने गरेको छ । 

जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उनको भनाइ थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय