• २०८१ बैशाख १७ सोमबार

स्वदेशमै छापिएका हुलाक टिकट प्रचलनमा

kharibot

काठमाडौँ । चौसठ्ठी वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका  ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाएकी छन् । 

हुलाक सेवा विभागले सहिद रामवृक्ष यादव, वाम  आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’ र प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा तथा नई प्रकाशनको रजत जयन्ती, श्रीबला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुणले भरिपूर्ण मरेठी र विभिन्न चार प्रकारका जडीबुटी अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो ।

राष्ट्रिय व्यक्तित्व, महत्त्वपूर्ण जडीबुटी, धार्मिकस्थलका ८० लाख थान हुलाक टिकट प्रकाशन गरिएको विभागका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यसअघि भारत, इण्डोनेसिया, लाद्भियालगायत मुलुकमा हुलाक टिकट मुद्रण हुँदै आएको उल्लेख गर्दै उहाँले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्व तथा औषधीय गुणले भरिपूर्ण जडीबुटी, भाषा–साहित्यको क्षेत्रमा क्रियाशील संस्था र प्रसिद्ध धार्मिकस्थलका बारेमा टिकट प्रकाशन गरिएको बताइन् । मुलुकको राजनीतिक परिवर्तनका लागि हजारौँको बलिदान भएको उल्लेख गर्दै उहाँले पछिल्ला पुस्ताले पनि सङ्घर्ष गरेको अघिल्ला पुस्ताका योगदानका बारेमा प्रष्ट हुनुपर्ने बताइन् । 

पूर्वमन्त्री दीनानाथ शर्माले मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिएको व्यक्तित्व तथा नेपालमा मात्रै पाइने जडीबुटीका बारेमा हुलाक टिकट प्रकाशन गरेर सरकारले प्रशंसनीइ काम गरेको बताए । 

पूर्वमन्त्री रामकुमारी झाँक्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि अघिल्ला पुस्ताले ठूलो बलिदान गरेको उल्लेख गर्दै पछिल्ला पुस्ताले पनि उक्त योगदानबाट शिक्षा लिनुपर्ने बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै