• २०८१ बैशाख १५ शनिबार

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

kharibot

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ ।

मलेसियास्थित बायुएमास ओभलमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेकी हुन् । योसँगै मलेसियाले पहिला बलिङ गर्ने भएको छ । 

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै