• २०८१ बैशाख १५ शनिबार

आगामी दशैंमा रिलिज हुने फिल्मको संख्या चार पुग्यो

kharibot

काठमाडौँ । आगामी दशैंमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ ।

पछिल्लो पटक आकाश बराल र सजन काफ्लेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि आउदो दशैंमा रिलिज हुने घोषणा गरिएको छ । सोमबार फिल्मको वितरण अधिकार लिँदै अशोक शर्माले २०८१ को दशैंमा फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।

यस अघि दीपाश्री निरौलाको निर्देशन रहने ‘छक्का पञ्जा ५’, सन्तोष सेनले निर्देशन गर्न लागेको ‘बलिदान’, दिनेश राउतले निर्देशन गर्ने ‘गाउँ नै रमाइलो’ आगामी दशैमा रिलिज हुने घोषणा गरिएको थियो ।

 चारवटै फिल्मले दशैंमा रिलिज गर्ने भने मिति भने अहिलेसम्म तोकिएको छैन । त्यसैगरी दशैंको एक हप्ताअघि फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुँदैछ ।

आगामी फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा खड्का, निश्चिल बस्नेत, विजय बरालको मुख्य अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको संयुक्त भेन्चरमा बन्न लागेको फिल्मको निर्मात्री स्वस्तिमा हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै