• २०८१ बैशाख १५ शनिबार

अनिल र भीमको कीर्तिमानी साझेदारी

kharibot

काठमाडौँ । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सिरिजको अन्तिम खेलमा नेपाली ब्याट्सम्यान अनिल शाह र भीम सार्कीले शतक प्रहार मात्र गरेनन, उनीहरुले नेपालको एकदिवसीय क्रिकेटको  इतिहासमा अहिलेसम्मकै उच्च साझेदारी गरेर नयाँ किर्तिमान बनाएका छन् ।

अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको साझेदारी गरेर कुनै पनि विकेटका लागि नेपालका लागि अहिलेसम्मको उच्च साझेदारी गरे । अनिलले अविजित ११२ रन बनाए भने भीमले १०१ रन बनाएका थिए ।

यस अघि यो किर्तिमान ओपनर कुशल भुर्तेल र आसिफ सेखको नाममा रहेको थियो । कुशल र असिफले गत जुनमा जिम्बाबेविरुद्धको खेलमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए । त्यस्तै यहि सिरिजको दोस्रो खेलमा कप्तान रोहित पौडेल र देव खनालले तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए ।

त्यस्तै २०२३ को फेब्रुअरीमा ज्ञानेन्द्र मल्ल र आसिफ सेखले टियु मैदानमै नामिबियाविरुद्ध दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए भने टियु मैदानमै नामिबियाविरुद्ध नै २०२३ को फेब्रुअरीमा कप्तान रोहित पौडेल र कुशल भुर्तेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै