काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।