काठमाडौँ । ब्राजिल पेरिस ओलम्पिकको फुटबलमा छनौट हुन असफल भएको छ ।
आइतबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएसँगै ब्राजिल पेरिस ओलम्पिकमा छनौट हुन असफल भएको हो ।
ब्राजिलले २०१६ र २०२१ को टोकियो ओलम्पिकमा फुटबलमा स्वर्ण पदक जितेको थियो ।
भेनेजुएलाको काराकासमा आइतबार भएको खेलको ७८औं मिनेटमा लुसियानो गोन्डाउको गोलमा अर्जेन्टिनाले १–० को जित निकाल्दै पेरिस ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
१६ टोलीको ओलम्पिक पुरुष फुटबल प्रतियोगितामा दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनौट भएको छ भने अब पाराग्वे वा भेनेजुएलाबाट एक छनौट हुने छ ।
दक्षिण अमेरिकी छनोटको अन्तिम चरणमा ओलम्पिकमा छनोट हुन ब्राजिललाई अर्जेन्टिनासँग जित वा बराबरी आवश्यक थियो।
ब्राजिलले आफ्नो पहिलो खेलमा पाराग्वेसँग चार टोलीको समूहमा हारेको थियो, त्यसपछि भेनेजुएलालाई २-१ ले हराएको थियो ।