• २०८१ बैशाख १७ सोमबार

अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीशको मुगुमा काज सरुवा

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरूवा गरिदिएका छन् ।

न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काज सरूवा भएको हो । न्यायाधीशहरूको सरूवा न्यायपरिषदले गर्ने व्यवस्था भए पनि काज सरूवा भने प्रधानन्यायाधीशले गर्न पाउने व्यवस्था रहेको छ ।

जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोप लागेका व्यापारी अरूण चौधरीलाई जमानतमा छोड्ने आदेश अस्वभाविक देखिएको भन्दै प्रधानन्यायाधीशले मुगु जिल्ला अदालतमा काज सरूवा गरिदिएको बुझिएको छ । यस विषयमा न्यायाधीश आचार्यमाथि न्यायपरिषदले छानबिन गर्ने तयारी समेत गरेको छ ।

बाँसवारी छालाजुत्ताको सरकारी जग्गा आफ्नो नाममा पुर्‍याएको भन्दै चौधरीसहित तीन जनामाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले छानबिन गरिरहेको थियो । 

न्यायाधीश आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने कारण नदेखिएको भन्दै त्यही दिनदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो । साथै थपिएको दुई दिनको म्यादमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न आदेश दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै