• २०८१ बैशाख १७ सोमबार

देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

kharibot

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ– पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा खनालले बर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् । उनले (एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन् । 

त्यस्तै प्यारालिम्पिक खेलाडी मैंया विशुंखेले पारा एथ्लिट सम्मान पाएकी छन् । त्यसैगरी एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् । त्यस्तै टेबल टेनिसकी सिक्का सुवालले २०७९ को पिपल्स च्वाइस अवार्ड जितेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै