• २०८१ बैशाख १७ सोमबार

वेस्ट इन्डिजविरुद्ध म्याक्सवेलको तुफानी शतक, रोहितको रेकर्डको बराबरी

kharibot

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी- २० कीर्तिमानी ब्याटिंग गरेका छन् ।

वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा ५० बलमा शतक बनाउदै म्याक्सवेलले पाँचौं शतक बनाएका हुन् । योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् ।

रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर किर्तिमान बराबरी गरेका हुन् । 

टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादवले ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।

वेस्ट इन्डिजविरुद्धको यस खेलमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ । जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै