• २०८१ श्रावण १२ शनिबार

पतिसँग अलग भइन् इशा देओल

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री ईशा देओलले विवाहको १२ वर्षपछि पति भरत तख्तानीसँग सम्बन्धविच्छेद गरेकी छन् । 

एक संयुक्त विज्ञप्तिमा दुवैले आपसी सहमतिमा अलग भएको र अब आफ्ना दुई छोरी ६ बर्षिय मिराया र ४ बर्षिय राध्याको सह-पालिकामा ध्यान केन्द्रित हुने बताएका छन् ।

४२ बर्षिय इशाले भरतसँग २०१२ मा विवाह गरेकी थिइन् । 

पछिल्ला बर्षहरुमा इशा र भरतको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको थियो । २०२० मा इशाले लेखेको किताबमा समेत उनले आफ्नो दोस्रो छोरी जन्मिएपछि पति भरत आफूसँग टाढिन थालेको उल्लेख गरेकी थिइन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै