• २०८१ असोज २२ मंगलबार

नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने

kharibot

काठमाडौँ । प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका निर्देशक रहेका पति विग्नेश शिवन लोकप्रिय जोडी मध्ये एक हुन् । यी दुईको पहिलो भेट सन् २०१५ मा तमिल भाषाको रोमान्टिक कमेडी फिल्म नानुम राउडी धनको सुटिङका ​​क्रममा भएको थियो । 

यसपछि दुवैले सात वर्षसम्म डेट गरेपछि जुन ९, २०२२ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको डकुमेन्ट्रीको नेटफ्लिक्समा रिलिज हुने भएको छ । ‘नयनतारा : बियन्ड द फेयरी टेल’ शिर्षकमा नेटफ्लिक्समा रिलिज हुने भएको हो ।

नयनतारा र विग्नेशको विवाह महाबलीपुरमको एक विलासी रिसोर्टमा भएको थियो । उनीहरुको विवाहमा भारतीय फिल्म उद्योगका केही चर्चित नामहरु पनि सहभागी भएका थिए । दम्पतीले आफ्नो विवाहको वृत्तचित्रको अधिकार नेटफ्लिक्सलाई बेचेका थिए । अब उनीहरुको विवाहको दुई वर्षपछि यही स्ट्रिमिङ प्लेटफर्ममा छिट्टै डकुमेन्ट्री फिल्म ‘नयनतारा : बियन्ड द फेयरी टेल’ रिलिज हुँदैछ । यद्यपी यसको रिलिज मिति बारे आधिकारिक जानकारी नआएपनि डकुमेन्ट्रीको रन टाइम भने खुलाइएको छ ।

नेटफ्लिक्सले दिएको जानकारी अनुसार वृत्तचित्रको रनटाइम १ घण्टा २१ मिनेटको हुने छ । यसमा जोडीको प्रेमकथा, उनीहरुको व्यक्तिगत कथा, उनीहरुको बिहेका केहि यादगार पलहरु र उनीहरुले सँगै बिताएका समयका झलकहरु देख्न सकिनेछ । 

फिल्मको प्रोमो ट्रेलर सेप्टेम्बर २०२२ मा रिलिज गरिएको थियो, जसमा नयनतारा र विग्नेशले एकअर्कालाई आजीवन साथीको रूपमा रोज्नुको कारणलाई हाइलाइट गरिएको थियो ।

दुवै जना अहिले दुई जुम्ल्याहा सन्तानको आमाबुवा भइसकेका छन् । विवाहको चार महिनापछि, अक्टोबर २०२२ मा नयनतारा र विग्नेश जुम्ल्याहा सन्तान उइर र उलागमका आमाबुवा बनेका थिए । दुवै सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन्, जसलाई लिएर निकै चर्चा चलेको थियो ।

नयनताराको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका‘टेस्ट’, ‘मननगट्टी सन १९६०’, ‘थानी ओरुवान २’ र ‘डियर स्टुडेन्ट्स’ जस्ता फिल्म आउनेक्रममा रहेका छन् भने विग्नेश ‘लभ इन्स्योरेन्स कम्पनी’ को सुटिङमा व्यस्त छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै