• २०८१ श्रावण १२ शनिबार

सुनचाँदीको मुल्य घट्यो

kharibot

काठमाडौ । नेपाली बजारमा बुधबारको तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मुल्य २०० रूपैयाँ घटेको हो । यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै