• २०८१ बैशाख २१ शुक्रबार

आमिर खानको कमब्याक

kharibot

काठमाडौँ । बलिवुड फिल्म लाल सिंह चड्ढाको असफलतापछि आमिर खानले आफूलाई फिल्म उद्योगबाट टाढा राखेका थिए । अब उनी लामो समयपछि कमब्याक गर्न तयार छन् । आमिरले आगामी फिल्मको छायांकन सुरु गरिसकेको जानकारी दिएका छन् । उनले पछिल्लो २ वर्ष कुनै फिल्ममा काम गरेका थिएनन् ।

उनले फेब्रुअरी १ बाट चलचित्रको छायांकन सुरु भएको छ । सितारे जमिन पर नाम गरेको यो फिल्म स्पेनिस फिल्मको रिमेक भएको बताइएको छ । फिल्म यसैबर्ष रिलिज हुने छ । पेशागत करियरका बारेमा उनले अब आफू काम गर्न तयार रहेको र आगामी फेब्रुअरी १ गतेबाट चलचित्रको छायांकन सुरु गरेको बताएका छन् ।

आमिरले भने, 'मलाई जुन कथा मन पर्छ त्यही गर्छु । मैले पहिलो पटक गरे जस्तै काम गर्नेछु । मन छुने काम गर्न मन लाग्छ ।' उनले विभिन्न विधामा काम गर्ने इच्छा पनि व्यक्त गरे ।

आमिरको पछिल्लो फिल्म लालसिंह चड्डाले बहिष्कारको प्रवृत्तिको सामना गर्नुपरेको थियो । फिल्म बहिष्कार असफल हुनुको प्रमुख कारण बन्यो । १८० करोडमा बनेको यो फिल्मले विश्वभर मात्रै १२९.६४ करोड भारु मात्र कमाएको थियो । फिल्ममा आमिर खानका अलावा करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि महत्वपूर्ण भूमिका थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै