• २०८१ बैशाख १६ आइतबार

साफ यू–१९ महिला च्याम्पियनसिपः भारतसँगको खेलमा जित्नैपर्ने दबाबमा नेपाल

kharibot

काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बजे सुरु हुनेछ।

शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा जित हासिल गरेमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ ।

चार टोली सहभागी रहेको प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भारतले भने समान दुई खेलबाट समान तीन अङ्क जोडेका छन् । लगातार दुई खेलमा पराजित भएको भुटान भने अङ्कबिहीन हुँदै फाइनलको दौडबाट बाहिरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै