• २०८१ जेठ ६ आइतबार

संघीय संसद्को हिउँदे अधिवेशन सुरु

kharibot

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भरखर सुरु भएको छ ।

संसद् सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने भएको छ । हरेक १५/१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुनेछ । सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गर्ने कार्यसूची तय गरेको छ ।

यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेस गर्ने तालिका छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमाजिमको बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने कार्यसूची छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै