• २०८१ बैशाख १८ मंगलबार

दक्षिण अफ्रिकाविरुद्ध विलियम्सन र रविन्द्रको शतक

kharibot

काठमाडौँ । न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ ।

पहिलो टेस्टको पहिलो दिन न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाएर २५८ रन बनाएको छ ।

न्यूजील्याण्डका लागि केन विलियम्सन र रचिन रविन्द्रले शतकीय पारी खेलेका छन् । पहिलो दिनको खेल सकिदा विलियम्सनले अविजित ११२ रन बनाएर खेलिरहेका छन् भने रचिन रविन्द्रले ११८ रन बनाएर खेलिरहेका छन् ।

विलियम्सनको यो टेस्ट क्रिकेटमा ३०औं शतक हो भने रविन्द्रको यो पहिलो टेस्ट शतक हो । न्यूजील्यान्डका लागि चौथो टेस्ट खेलिरहेका रविन्द्रलाई विश्व क्रिकेटमा नयाँ सुपर स्टार अलराउण्डरको रुपमा  हेरिएको छ ।

त्यसैगरी न्यूजील्याण्डका टम लाथमले २० तथा डेभोन कोनवे १ रन बनाएर आउट भएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर शेपो मोरेकी र डाने पाटरसनले एक एक विकेट लिएका छन् ।
  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै