• २०८१ बैशाख १५ शनिबार

मन्त्री शर्मा अनुपस्थित भएपछि सूचना प्रविधि समितिको बैठक स्थगित

kharibot

काठमाडौँ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो ।

बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराएका थिए ।

समिति सभापतिलाई सांसद पन्तले संसद नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गरेका थिए। उनले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराए ।

प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ । अन्य कार्यसूचिमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै