• २०८१ बैशाख १८ मंगलबार

विमानस्थलमा कर्मचारी कुटपिटमा संलग्न प्रहरीलाई हटाइयो

kharibot

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो।

कुटाइमा संलग्न प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर मात्र गरेको बताइएको छ ।

निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए। विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरू दुई दिन यता कालो पटी बाँधेर काम गरिरहेका छन् । 

शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकारीहरुलाई प्रहरीले निर्घात रूपमा कुटपिट गरेका थिए । गृह मन्त्रालयले यस घटनाको छानबिन गर्न समिति समेत बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै