• २०८१ बैशाख १५ शनिबार

कोशीमा गठबन्धनलाई धक्का: प्रदेश सांसदको मतगणना गर्दा सिटौला पछाडी

kharibot

विराटनगर ।  राष्ट्रियसभा चुनावमा कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार कृष्ण सिटौला पछाडि परेका छन् । 

प्रदेश सांसदको मत गणना गर्दा सिटौलालाई पछि पार्दै एमालेसमेतको समर्थन पाएका राप्रपाका उद्धव पौडेलले अग्रता बनाएका हुन् ।

सिटौलाले ४५ प्रदेश सांसदको मत पाएका छन् भने पौडेलले ४७ सांसदको मत पाएका छन् । त्यस्तै एमालेका उम्मेदवारले एक मत पाएका छन् । 

स्थानीय तहको मतगणना हुन बाँकी छ ।

कोशीमा प्रदेशमा महिलातर्फ पनि गठबन्धनबाट फ्लोरक्रस हुदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पा खड्कालाई एमालेकी रुक्मणी कोइरालाले पराजित गरेकी छिन् ।

कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै