• २०८१ बैशाख २३ आइतबार

जाजरकोटमा त्रिपालमा बसेका बालकको चिसोका कारण मृत्यु

kharibot

जाजरकोट । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको चिसोका कारण मृत्यु भएको छ । 

नलगाड नगरपालिका-४ मानचौरका विजय रावलका तीन महिने छोरा अरुण रावलको चिसोका कारण मृत्यु भएको हो ।

चिसोले गर्दा निमोनिया भएको र समयमा उपचार नगराउँदा उनको ज्यान गएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिएका छन् । 

उनको मृत्युसँगै जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।  मृत्यु हुनेमा चार बालबालिका र एक सुत्केरी समेत रहेका छन् । रुकुम पश्चिमसहित भूकम्पपछि चिसोका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै