• २०८१ बैशाख १७ सोमबार

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

kharibot

दाङ। आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै