• २०८१ बैशाख २३ आइतबार

निरन्तर बढेको चिसोले जनजीवन प्रभावित

kharibot

जलेश्वर (महोत्तरी)। पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएको छ ।

लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । 

जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् । 

स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । 

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिन्छ । 

विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै