• २०८१ बैशाख २२ शनिबार

'पूर्वपश्चिम रेलमार्गसहितका आयोजनालाई गौरवको सूचीबाट हटाउनुपर्छ'

kharibot

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हचुवाका भरमा छनोट भएका पूर्वपश्चिम विद्युतीय रेलमार्गसहितका केही आयोजनालाई गौरवको सूचीबाट हटाउन प्रस्ताव गरेको छ ।

विहिबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय रेलमार्गका नाममा जनताको जग्गा ओगटेर राख्ने तर आयोजना कहिल्यै कार्यान्वयन नहुने भएकाले यस्ता आयोजनालाई गौरवको सूचीबाट हटाउनुपर्ने बताएका हुन् ।

उनले निर्देशन दिने तर व्यवहारिक समस्या हल गर्न पहल नगर्ने प्रवृत्तिका कारण आयोजना कार्यान्वयनमा समस्या भइरहेको गुनासो गरेका थिए ।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि पूर्व-पश्चिम विद्युतीय रेलमार्गलाई गौरवको आयोजनाबाट हटाउँदै व्यापारिक र त्रिदेशीय सम्बन्ध जोड्ने भएकाले अबको प्राथमिकता उत्तर-दक्षिण राजमार्गलाई दिनुपर्ने बताए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका चार गौरवका आयोजनाको प्रगति, चुनौती र समस्याबारे जानकारी लिन मन्त्रीसहित सचिव, सडक विभागका महानिर्देशक र आयोजना निर्देशनालयका प्रमुखलाई बोलाएको थियो ।

बैठकमा संसदहरूले भौतिक पूर्वाधार मन्त्रालयले जनतामा आशा जगाउने खालका आयोजना कार्यान्वयन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै