• २०८१ बैशाख २४ सोमबार

एक्शन फिल्म बनाउने निश्चल बस्नेतको घोषणा

kharibot

काठमाडौँ । लुट फेम निर्देशक निश्चल बस्नेतले दिमाग खराब पछि एक्शन फिल्म बनाउने घोषणा गरेका छन् । निश्चलले आफ्नो जन्मदिनको अवसरमा अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउन लागेको जानकारी गराएका हुन् ।

उनले ‘दिमाग खराब २’लाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने यस अघि नै घोषणा गरेका छन् । यो फिल्मभन्दा अघि निश्चिलले दुईवटा फिल्म बनाउनेछन् । जसमा ‘बेहुली फ्रम मेघौली’ मा उनी निर्माता र कलाकारको रुपमा रहनेछन् । 

‘बेहुली फ्रम मेघौली’मा अभिनेत्री स्वस्तिमा खड्कासँग निश्चलको जोडी बाँधिनेछ । र, दुवै निर्माताको रुपमा पनि रहेछन् । आकाश बराल र सजन काफ्लेको निर्देशन रहने फिल्मको कथा चितवनको मेघौली गाउँमा केन्द्रित हुनेछ । 

यो फिल्म रिलिजपछि मात्र निश्चल एक्सन फिल्मको छायांकन थाल्ने योजनामा छन् । निश्चल ‘लुट’को तेस्रो श्रृंखला बनाउने योजनामा पनि रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै