• २०८१ बैशाख २५ मंगलबार

अफ्रिकन कपमा मोरक्कोको विजयी शुरुवात

kharibot

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए ।

यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औ मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समुह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्ने छ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै