काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सास्सुओलोविरुद्ध शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले दुई गोल गरेका थिए भने फेडेरिको चिएसाले एक गोल गरेका थिए ।
यो युभेन्टसको यस सिजनमा १५औं जित हो । २० खेलमा ४९ अंक रहेको युभेन्टस सिरी ए मा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा २ अंकले पछाडी रहेको छ ।
त्यसैगरी सास्सुओलोको २० खेलमा १९ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।