• २०८१ बैशाख २१ शुक्रबार

क्लबका पुर्व खेलाडी रोजी बने रोमाका नयाँ प्रशिक्षक

kharibot

काठमाडौँ । इटालियन क्लब एएस रोमाले आफ्ना पुर्व खेलाडी डानिएल डी रोजीलाई नयाँ प्रशिक्षक बनाएको छ ।

मंगलबार नै प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको रोमाले ४० बर्षिय पूर्ब मिडफिल्डर रोजीलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक बनाएको हो ।

इटालीको राष्ट्रिय टिममा ११७ खेल खेल्दै २१ गोल गरेका रोजीले आफ्नो प्रोफेसनल क्यारियरभर रोमाबाट खेलेका थिए । रोमाका लागि कुल १८ सिजन खेलेका रोजीले कुल ६१६ खेलमा ६३ गोल समेत गरेका छन् ।

उनले अब रोमाका लागि प्रशिक्षकको डेभ्यु गर्ने भएका छन् । 

रोमा हाल इटालियन सिरी ए मा नवौं स्थानमा रहेको छ । रोमाले अब अर्को खेल आगामी शनिबार भेरोनासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै