• २०८१ बैशाख २१ शुक्रबार

धरानका मेयर साम्पाङ र उपमेयर बेघाबीच लफडा

kharibot

धरान । कार्यकालको शुरुमा एक साथ रहेका धरान उपमहानगरकाम एयर हर्क साम्पाङ र उपमेयर अईन्द्र विक्रम बेघाबीच फाटो परेको देखिएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकमा समेत यसको झल्को देखिएको छ । आइतबारको कार्यपालिका बैठक मेयर र उपमेयरको भनाभन भएपछि पहिलो बैठक मेयर साम्पाङले स्थगित गरेका थिए ।

त्यसपछि कार्यपालिकाको दोस्रो बैठकको शुरुमै उपमेयर बेघाले आफुले मेयरलाई असहयोग गरेको स्पष्ट गर्न आग्रह गरेपनि मेयर साम्पाङले उनलाई बस्न आग्रह गर्दै बैठक अगाडी बढाएका थिए । मेयर साम्पाङले बैठक अगाडी बढाईरहदा उपमेयर बेघा बोलिरहेका थिए ।    

यस अघि पुस १३ गते उपमेयर बेघाले प्रमुख हर्क साम्पाङलाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका थिए । 

प्रेस विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर कार्यकक्षबाट हटाएको विषयमा जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका थिए ।  उनले प्रमुखले गरेको उक्त कार्य संविधानको मर्म विपरीत रहेको भन्दै माफी मागेका हुन् । 

उनले भनेका थिए- ‘धरान उपमहानगरपालिकाका नगर प्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरू हटाएको विषयले दुःखी बनाएको छ, जसबाट सम्माननीयमाथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु ।'

उनले नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सीमा र घेरा भित्र रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारी सम्मानित र मर्यादित बनाउन सबैको दायित्व र जिम्मेवारी रहेको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्,‘यही व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघीय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो, त्यसकारण संविधानको पालनाकर्ता र कार्यान्वयनकर्ता सबैभन्दा जिम्मेवार हुनुपर्दछ, अन्त्यमा, नगर प्रमुख ज्यूले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह गर्दछु।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै