• २०८१ बैशाख १७ सोमबार

अकुपाई टुँडिखेल अभियान भन्छ- खुलामञ्चमा फुटबल मैदान बनाउनु हुदैन

kharibot

फाइल तस्बीर

काठमाडौँ । अकुपाई टुँडिखेल अभियानले काठमाडौं महानगरपालिकाको खुलामञ्चमा फुटबल मैदान बनाउने योजनाप्रति आपत्ति जनाएको छ ।

अभियानले विज्ञप्तिमार्फत पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल मैदान निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो ।

अभियानले खुल्लामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व भएकाले फुटबल ग्राउन्ड निर्माण गर्न नहुँने बताएको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ ।

यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो । त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो । तर, सर्वत्र विरोध भएपछि सो निर्णयबाट पछि हटेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै