• २०८१ बैशाख २२ शनिबार

रुसद्वारा यमनमा अमेरिका र बेलायती हमलाको निन्दा

kharibot

मस्को । क्रेमलिनले शुक्रबार यमनमा इरान समर्थित हुथीहरूमाथि अमेरिका र बेलायतले गरेको ‘अवैध’ आक्रमणको निन्दा गरेको छ । 

गाजामा युद्धबाट प्रभावित क्षेत्र मध्यपूर्वमा पश्चिमी हस्तक्षेपविरुद्ध मस्कोले विरोध गरेको छ । शुक्रबार बेलायती र अमेरिकी आक्रमणबारे टिप्पणी गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “हामी उनीहरूको निन्दा गर्छौं, अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट तिनीहरू अवैध छन् ।”

अमेरिकी र बेलायती आक्रमण लाल सागरमा यात्रा गरिरहेका इजराइल–सम्बन्धित जहाजहरूमाथि हुथी आक्रमणको प्रतिक्रियामा भएका हुन् । क्रेमलिनले भनेको छ, “हामीले बारम्बार हुथीहरूलाई यस्तो अभ्यास छाडन् र यसलाई अत्यन्त गलत मान्न आग्रह गरेका छौँ ।”

हुथिसको अल–मसिरा टिभी स्टेसनका अनुसार अमेरिकी र बेलायती आक्रमणले एउटा एयरबेस, विमानस्थल र अर्को सैन्य शिविरलाई निशाना बनाएका छन् । रुसको विदेश मन्त्रालयका प्रवक्ताले यसअघि आक्रमणलाई ‘क्षेत्रमा तनाव बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय कानूनको पूर्ण उल्लङ्घन’ भनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै