• २०८१ बैशाख २० बिहीबार

मिलन चाम्सको ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुदै

kharibot

काठमाडौँ । मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘गोर्खा वारियर’ अब सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

फिल्मलाई आगामी फागुन ११ गते (२३ फेब्रअरी)बाट प्रदर्शन गर्न लागिएको हो । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्मको गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको थियो । ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ (बाफ्टा) मा समेत फिल्म छानिएको छ ।

निर्देशक चाम्सका अनुसार, भारत र दक्षिण कोरियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । यीबाहेकका देशमा अमेरिकाको एक प्रतिष्ठित कम्पनीले फिल्म रिलिज गर्ने उनको भनाई छ । नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा तयार भएको फिल्मलाई अहिले कोरियन भाषामा स्वरांकन गरिँदैछ । फिल्म हेर्दा हरेक नेपालीले गर्व महसुस गर्ने निर्देशक चाम्सको विश्वास छ ।

सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई उठाइएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेता लामा सैनिक मेजरको भूमिकामा प्रस्तुत छन् ।

यो फिल्मको निर्मातामा मिलन चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह निर्माता रहेको मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनालको गीत र एलिस कार्कीको संगीत छ । यही फिल्मबाट रितेशले अभिनेताको रुपमा डेब्यू गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै